• ४ साउन २०८३, सोमबार
  • २:३५ बिहान

काठमाडौं विश्वविद्यालयले उपकुलपतिको अन्तर्वार्ताका लागि १० उम्मेदवारको नाम छनौट

प्रकाशित मिति

२०८१ माघ २९ गते, मंगलवार १०:३२

काठमाडौं । काठमाडौं विश्वविद्यालयले उपकुलपतिका दाबेदारमध्ये १० जनाको नाम सार्वजनिक गरेको छ । अन्तिम सूचीमा परेका २० जना दावेदारमध्येबाट १० जनाको सूची सार्वजनिक गरेको हो । २०८१ माघ २८ गते सोमवार साँझ १० जनाको नाम सार्वजनिक भएपछि अब उपकुलपति को बन्छ होला भन्ने चासो पनि बढेको छ ।

अन्तिम १० मा परेका उम्मेदवारमा प्रा. डा. अच्युत वाग्ले, प्रा. डा. कन्हैया झा, प्रा. डा. जनार्दन लामिछाने, प्रा. डा. बालचन्द्र लुइँटेल, प्रा. डा. विभूति रन्जन झा, प्रा. डा. बेदमणि दाहाल, प्रा. डा. भोला थापा. प्रा. डा. राजेन्द्र प्रसाद कोजु, प्रा. डा. श्याम नारायण लाभ र प्रा. डा. सुबोध शर्मा रहेका छन् ।

Kamana Sewa

अन्तिम छनौट भएका १० उम्मेदवारको प्रस्तुतीकरण फागुन २ गते हुने छ भने अन्तर्वार्ता फागुन ३ गते हुने भएको छ । अन्तर्वातापछि समितिले तीन जनाको नाम सिफिरिस गर्ने छ ।

Classic Tech Desktop

उपकुलपतिका लागि दावी गर्नेहरुमध्ये डा. भोला थापा निवर्तमान उपकुलपति हुन् भने कामु उपकुलपतिको जिम्मेवारीमा रहेका डा. अच्युत वाग्ले दौडको अग्र पंक्तिमा रहेका छन् । बालचन्द्र लुईटेल र राजेन्द्र कोजुको नाम पनि उपकुलपतिको बलियो दावेदार रहेको छ । लुईटेल शिक्षाको डीन हुन भने कोजु चिकित्सशास्त्र अध्ययन संस्थानको डीन भएर काम गरेका छन् । कोजुसहितका मेडिकल टीमलाई प्रतिस्पर्धामा आउनबाटै शर्माले रोकेका थिए । पछि लामो विवादपछि प्रतिस्पर्धामा आउन दिएका हुन् ।

छनौट समितिका संयोजक सुरेशराज शर्मा भने जसरी पनि डा. भोला थापालाई नै दोहोर्याउने पक्षमा रहेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको टीम भने वाग्लेको पक्षमा रहेको दाबि गरिएको छ । त्यसैगरी पूर्वउपकुलपति रामकण्ठ माकाजुसहितको टीम भने कोजुलाई बनाउनुपर्ने पक्षमा रहेका छन् ।

नयाँ उपकुलपति छनौट गर्न गत मङ्सिर २९ गते बसेको विश्वविद्यालय सभा संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा विश्वविद्यालयका अध्यक्ष प्रा.डा.अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य रहेको छनौट समिति गठन गरेको थियो ।

प्रतिकृया