• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

बाटिका स्कुलको १८ औं अभिभावक दिवस तथा नयाँ भवन उद्घाटन सम्पन्न

प्रकाशित मिति

२०८१ माघ १५ गते, मंगलवार ०४:४३

माघ १५, २०८१ काठमाडौँ: नागार्जुन नगरपालिका-१, रानीवनस्थित बाटिका स्कुलले १८ औं अभिभावक दिवस तथा नयाँ भवन उद्घाटन भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका प्राचार्य युवराज बस्ताकोटिको सभापतित्वमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेल र विशिष्ट अतिथि पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहेको थियो।

विद्यालयले विद्यार्थी संख्या बढाउनुभन्दा शैक्षिक गुणस्तरमा जोड दिँदै उत्कृष्ट शैक्षिक विधि अपनाएको छ। प्राचार्य बस्ताकोटीले विद्यार्थीबाट संकलित शुल्क उनीहरूकै सेवा र सुविधामा उपयोग भइरहेको र बाटिका स्कुललाई नेपालकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने आफ्नो सपना रहेको बताए।

Kamana Sewa

स्वास्थ्य मन्त्री पौडेलले निजी विद्यालयहरू राज्यको लगानीबिना सञ्चालन भइरहेको हुँदा कुनै पनि निर्णय गर्दा तिनलाई समस्या नपर्नेगरी लिनुपर्ने धारणा राखे। साथै, उनले बाटिका स्कुलले भरपर्दो विश्वास आर्जन गरेको भन्दै शिक्षासँगै स्वास्थ्य चेतना फैलाउन विशेष ध्यान दिन आग्रह गरे।

Classic Tech Desktop

पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा व्याख्या गरेको उल्लेख गर्दै यी दायित्व राज्यले सुनिश्चित गर्नुपर्ने बताए। निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले शिक्षण प्रक्रियामा आफ्नो सहयोग सधैं उपलब्ध गराउने प्रतिबद्धता जनाए।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने खेलकुद विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयको नयाँ भवन र सुविधाहरूको अवलोकन गर्दै भविष्यमा विद्यालयको शैक्षिक प्रगति सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतिकृया