• ४ साउन २०८३, सोमबार
  • ३:५२ बिहान

त्रिविमा एकैपटक ८ डिन नियुक्त

प्रकाशित मिति

२०८१ मंसिर ३० गते, आईतवार १०:०४

मंसिर ३०, २०८१ काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।

त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्।

Kamana Sewa

त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् ।

Classic Tech Desktop

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मीना राजभण्डारीलाई नियुक्त गरेको छ।

मेरिटोक्रेसी (योग्यता प्रणाली) का आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा डिन नियुक्त गरिएको प्रवक्ता बोहराको भनाइ छ। यही मंसिर २७ गते बसेको त्रिविको साधारण सभा (सिनेट) बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए।

ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरि रिक्त डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति गर्न भनेका थिए।

प्रतिकृया