• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

दशैँ-तिहार बिदालाई फलदायी बनाउन ‘लर्निङ उत्सव’ अभियान

प्रकाशित मिति

२०८१ आश्विन १७ गते, बिहीबार ११:०१

असोज १७ , २०८१ काठमाडौँ: कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा “लर्निङ उत्सव” नामक विशेष कार्यक्रम आयोजना गरिंदैछ। यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म, अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ, जहाँ सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्न काम गर्नुपर्नेछ र सिकेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।

कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीपहरू सिक्न प्रोत्साहित गर्नेछ। पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई र डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, र साइबर सेक्युरिटी समावेश गरिएको छ, जसले उनीहरूको भविष्यलाई सशक्त बनाउन मद्दत पुर्याउनेछ।

Kamana Sewa

यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो। केईसी इलेक्ट्रोनिक्स क्लबका अनुसार, यस पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्याउनेछ, साथै केही समय छुट्याएर नयाँ कुरा सिक्न सकिने वातावरण बनाउनेछ।

Classic Tech Desktop

निरन्तर लगनशीलताका साथ ३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र (Certificate) प्रदान गरिनेछ, साथै उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइनेछ।

कार्यक्रम घटस्थापनादेखि सुरु भए तापनि, इच्छुक सहभागीहरूले फारम १८ गतेसम्म भर्न सक्नेछन्। १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमित रूपमा सिकाइमा समय छुट्याउनु पर्नेछ।

सहभागी हुन इच्छुकहरूले hlinktr.ee/learningutsav मा गएर दर्ता फारम भर्न सक्नेछन्।

प्रतिकृया