• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र

प्रकाशित मिति

२०८१ श्रावण ३० गते, बुधबार १०:५२

साउन ३०, २०८१ काठमाडौँ: भ्याली पब्लिक स्कुलका विद्यार्थीलाई विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरिएको छ । शनिबार भ्याली पब्लिक स्कुलमा आयोजित एक कार्यक्रमबीच क्याम्ब्रिज कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

भ्याली पब्लिक स्कुलले विगत एक वर्षदेखि आफ्ना कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीलाई बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयमा आधारित एनसीसीआई बेलायतको कोर्सको अङ्ग्रेजी र डीजी कम्प्युटर गरी दुईवटा विषय अध्यापन गराउँदै आएको छ ।

Kamana Sewa

विद्यालयले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यका निम्ति गत वर्षदेखि कक्षा १ देखि ६ सम्मका ३८३ जना बालबालिकालाई सो विषय अध्यापन गराउँदै आएको भ्याली पब्लिक स्कुलका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीको भनाइ छ ।

Classic Tech Desktop

ती विद्यार्थीमध्ये ६५ प्रतिशत विद्यार्थी पाँच सिल्ड अर्थात् उत्कृष्ट नतिजा ल्याउन सफल भएको अधिकारीको भनाइ छ । क्याम्ब्रिजबाटै डिजाइन भएको सो विषय विद्यार्थीको दैनिकीसँग मेल खाने, विद्यार्थीले क्याम्ब्रिजबाटै प्रमाणपत्र पाउने भएकाले बेलायती नागरिकका छोरीछोरीले पाउने अन्तर्राष्ट्रियस्तरको शिक्षा भ्याली पब्लिकले आफ्ना विद्यार्थीलाई प्रदान गरेको अधिकारीको दाबी छ ।

अन्य विद्यालयको तुलनामा फरक र परिस्कृत शिक्षा प्रदान गर्ने अभियान भ्याली पब्लिक रहेको र त्यसकै नतिजास्वरूप आफ्ना ३ सय ८३ जना विद्यार्थीले क्याम्ब्रिजबाट शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलबहादुर गुरुङको भनाइ थियो ।

क्याब्रिजले नै बनाएको पाठ्यक्रम भएकाले यो विषय बालबालिकाका लागि निकै सजिलो, व्यावहारिक, बालबालिका निम्ति प्रयोगात्मक तथा उनीहरूको लेखाइमा, बोलाइमा, पढाइमा यस विषयले ठूलो सहयोग पुग्नुका साथै भविष्यमा यो सर्टिफिकेटको सहयोगमा विद्यार्थी विश्वभरका विश्वविद्यालयबाट छात्रवृत्ति उपलब्ध हुनुका साथै विदेश जाँदा अङ्ग्रेजी भाषा परीक्षासमेत दिनु नपर्ने अधिकारीको भनाइ छ ।

प्रतिकृया