• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

मिड भ्याली कलेज: शिक्षा र नवीनतामा अग्रगामी उत्कृष्टता

प्रकाशित मिति

२०८१ असार २१ गते, शुक्रबार ०२:०३

मिड भ्याली कलेजले सातै प्रदेश र ७७ वटै जिल्लाका टपरलाई छात्रवृत्ति दिने

सुभाष कुँवर

असार २१, २०८१ काठमाडौँ: मिड भ्याली कलेज विद्यार्थीलाई प्रयोगात्मक पक्षमा बढी जोड दिई वर्तमान प्रतिष्पर्धात्मक युगमा जस्तो सुकै परिस्थितिसँग पनि सामना गर्दै आफूलाई अगाडि बढाउन सक्षम बनाउने पवित्र उद्देश्यका साथ स्थापना गरिएको छ । भक्तपुरको मुटुमा अवस्थित मिड भ्याली कलेजले विद्यार्थीको भित्री रुचिको पहिचान गरि त्यही रुचिलाई मलजल गरेर एक होनहार मनुष्य निर्माण गर्ने उद्देश्य राखेको छ । निरन्तर सुधारको संस्कृतिलाई बढावा दिन प्रतिबद्ध मिड भ्याली कलेजले विद्यार्थीहरुलाई उनीहरुको आकांक्षाहरु प्राप्त गर्न र समाजमा अर्थपूर्ण योगदान गर्न सशक्त बनाउँछ ।

Kamana Sewa

मिड भ्याली कलेज भक्तपुर सूर्यविनायक, मध्यपुर थिमी नगरपालिकाको केन्द्रमा अवस्थित छ । यो कलेज काठमाडौंका विभिन्न शिक्षण संस्थामा दशकौं लामो काम गरि अनुभव बटुलेको शिक्षक साथीहरुको सहयोग र सहकार्यमा खोलिएको कलेज हो । यो कलेजमा एउटा विद्यार्थीलाई राम्रोसँग पठन पाठन गर्न चाहिने सम्पूर्ण सुविधाहरु विद्यमान छन् । खेलकुदको लागि फुटसल, बास्केटबलको कोर्ट छ भने अहिले सम्म अरु कलेजमा नभएको बीच भलिवल कोर्ट पनि यस कलेजमा स्थित छ । त्यसैगरी यो कलेजमा साइन्स पढ्ने विद्यार्थीहरुका लागि काठमाडौंमा अहिले भएका भन्दा राम्रो र यथेष्ट स्थान भएको साइन्सको ल्याब छ । साथसाथै क्लासरुमहरु पनि यथेष्ट ठाउँहरुका साथै स्वस्थकर वातावरणमा छ । पठनपाठन गर्दा नानी बाबुहरुलाई एकदमै सहज महशुस हुने गरी वातावरण तयार गरिएको छ । कलेजले ग्रीन इनर्जी भन्ने नारा लिएर ग्रीनरीलाई पनि निकै जोड दिएको छ । यसको मूल उद्देश्य भनेको वातावरणलाई पनि सुरक्षा गर्नुपर्दछ भन्ने हो । स्कूलको जति पनि संरचना बन्दछन् त्यसमा ग्रीन बेल्टको अवधारणाको साथ कलेजले संरचनाहरु बनाउने कार्य गरेको छ ।

Classic Tech Desktop

विद्यार्थीलाई व्यायाम र खेलकुदको आवश्यकतालाई मनन गरि यस कलेजमा फुटसल पनि राखिएको छ र हालसालै एसइइ दिएका विद्यार्थीहरुका बीच फुटसल प्रतियोगिता भएको थियो । फुटसलमा ११, १२ पढ्ने नानी बाबुहरुले अतिरिक्त क्रियाकलाप अन्तर्गत हप्ता वा दिनमा उनीहरुको रुटिङ अनुसार खेल्ने गर्दछन् । यस कलेजले ६ महिना र वर्ष दिनमा फुटसल प्रतियोगिता आयोजना गर्दछ जसमा अरु कलेजका विद्यार्थीहरु पनि भाग लिने गर्दछन् । अहिलेका नानी बाबुहरु धेरै जसो मोबाइल र ल्यापटपमा बढी समय बिताउने भएकोले उनीहरुको लागि शारीरिक व्यायाम तथा खेलकुद आवश्यक छ भनेर खेलकुदलाई पनि जोड दिइएको छ ।

केमिष्ट्रीको प्रयोगात्मक कक्षाको लागि एउटा आवश्यक सामाग्रीहरुले सुसज्जित ल्याब पनि छ । प्रत्येक ल्याबमा ३ जना शिक्षकहरुले विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यमा सघाउ पु¥याउँछन् । त्यसैगरी कम्प्युटरको प्रयोगात्मक कार्यको लागि एउटा यथेष्ट ठाउँ भएको कम्प्युटर ल्याब छ । कम्प्युटर, केमिष्ट्री तथा फिजीक्सको २५ प्रतिशत अंक प्रयोगात्मक पढाईले ओगटेको छ ।
मिड भ्याली कलेजमा राम्रो प्रकाश तथा वातावरण भएको कक्षाकोठाहरु छन्, वास्तवमा यी विभिन्न दृष्टिकोणले हाइजेनिक छन् । विद्यार्थीहरुलाई सजिलो होस् भन्नको लागि व्यक्तिगत कुर्सीको व्यवस्था गरिएको छ । पढ्दा लेख्दा एकअर्कालाई नछाइने गरी क्लासको व्यवस्था गरिएको छ । त्यसैगरी गर्मी र जाडोको लागि एसीको पनि व्यवस्था गरिएको छ । क्लासरुममा अडियो भिजियल सामाग्री देखाउनको लागि डिजिटलका साथसाथै व्हाइट बोर्ड प्रयोग गरिएको छ । त्यसैगरी विद्यार्थीहरुलाई पढ्न र रिभिजन गर्नको सजिलोको लागि प्रत्येक लेक्चरको अडियो र भिडियो सामाग्रीहरु पनि उपलब्ध गराइने गरिन्छ ।

मिड भ्याली कलेज Adobe of self discovery को स्लोगन वा मोटोको साथ भक्तपुरमा स्थापना भएको छ । कलेजले दुइवटा मोडल बनाएको छ एउटा social change model भने कलेजले एउटा व्यक्ति परिवर्तन भयो भने परिवार परिवर्तन हुन्छ र परिवार परिवर्तन भयो भने समाज परिवर्तन हुन्छ भन्ने विश्वास लिएको छ । अहिले समाजमा केही विकृतीहरु प्नि देखिएका छन् । कलेजले सकारात्मक सोंचका साथ प्रत्येक विद्यार्थीलाई परिवर्तन गरि समाज नै परिवर्तन गर्ने अभूतपूर्व उद्देश्य राखेर अगाडि बढेको छ । कलेजले टिचिङ मोडलमा सोसल चेन्ज मोडललाई आत्मसात गरेको छ । अर्को मोडल ३ डी मोडल छ जसमा एउटा डीले Dream अर्को डी भनेको Discipline र अर्को डी भनेको Dedication । यो हुँदा An adove of self discovery हुन्छ किनभने कुनै पनि विद्यार्थीले एउटा ड्रीम देख्नुपर्दछ । आजको ५, १० वर्षपछि कहाँ हुने त्यो सोंच राख्नुपर्दछ । त्यसपछि म्ष्कअष्उष्लिभ चाहिन्छ, त्यो पढ्नको लागि निकै आवश्यक छ । यी सबै कुरा गर्नको लागि म्भमष्अबतष्यल जरुरी छ । त्यसकारण ३ डीलाई अनुसरण गर्यो भने एउटा विद्यार्थीले आफूलाई डिस्कभर गर्न सक्दछ । त्यसपछि उसले समाजलाई पनि विशेष खालको योगदान दिन सक्दछ ।

यही उद्देश्यका साथ काठमाडौंमा नाम चलेका कलेजहरुमा दशौं वर्ष काम गरेर एउटा स्तरका अनुभव बटुलेका शिक्षण पेशामा आबद्ध व्यक्तिहरुद्धारा भक्तपुरको केन्द्रबिन्दु सूर्यविनायक र मध्यपुर नगरपालिकाको बीचमा मध्यपुर थिमी हस्पीटल भन्दा झण्डै १०० मिटर अगाडि हनुमन्ते पुलको बायाँ साइडमा मिड भ्याली कलेज स्थापना भएको हो ।

मिड भ्याली कलेज नै किन रोज्ने ?

यस सम्बन्धमा मातृभूमिका सम्वाददाता मिड भ्याली कलेजका प्रिन्सीपल गोविन्द जोशिसँग कुरा गर्दा उहाँले भन्नुभयो, “यो भक्तपुरमा अवस्थित छ र भक्तपुरमा प्रत्येक वर्ष ६००० को हाराहारीमा एसइइको परिक्षा दिन्छन् र धेरै जसो ८५ देखि ९० प्रतिशत विद्यार्थीहरु पढ्नको लागि काठमाडौं जान्छन् । तिनीहरुको यात्राको समय हेर्ने हो भने प्रत्येक दिन ३ घण्टा जति लाग्ने हुन्छ । यो खोल्नुको उद्देश्य भक्तपुरका विद्यार्थीहरुले काठमाडौंमा जस्तो सुविधा सम्पन्न र गुणस्तरको कलेजहरु पाउँछन् । त्यही स्तरको र त्यो भन्दा राम्रो शिक्षा भक्तपुरमा हासिल गर्न सकुन भनेर नै यसको स्थापना भएको हो । यो लोकेसनको हिसाबले पनि निकै परफेक्ट छ । यहाँ आउनको लागि कोटेश्वरबाट होस्, बानेश्वरबाट होस्, रिङरोडबाट पनि आउन सजिलो छ । पूर्वतिर जाने हो भने काभ्रे, बनेपा, धुलिखेल, पनौती त्यसगरी माथि जोरपाटी साँघु र ललितपुरतिर हेर्ने हो भने लुभु, महालक्ष्मीथान, यिनीहरुको केन्द्र भनेको मध्यपुर हो र त्यही नै यो कलेज अवस्थित छ । त्यसैले यसको नाम पनि मिड भ्याली भनेर राखिएको हो । यहाँ आउन जुनसुकै ठाउँबाट पनि सजिलो छ ।”

यस सम्बन्धमा थप प्रकाश पार्दै उहाँले भन्नुभयो, “यसको साथै यो एकाडेमिक टिम राम्रो भएको मध्ये एक हो । त्यसैगरी यो कलेजको स्पेस पनि प्रशस्त छ । कलेजले इसीएको अवधारणामा आधारित रहेर क्रियाकलापहरु गर्दछ । अर्थात एक्स्ट्रा करिकुलर एक्टीभिटीज । बच्चाहरुलाई विभिन्न क्रियाकलापमा संलग्न हुनको लागि कलेजले १३ वटा विभिन्न किसिमका क्लबहरु बनाएको छ । नेगेटीभ इनर्जीलाई पोजिटिभ तिर तान्नको लागि, उनीहरुको एग्रेसनलाई गेमहरुतिर लगि दिमागलाई शान्त बनाउनको लागि ।”

कलेजले नानीबाबुलाई पढाउने कुरामा शुरु देखि नै स्क्रीनीङ गर्दछ, उनीहरुको रुचि र अभिभावको रुचि अनुसार । अभिभावकको एउटा सोंच हुन्छ, नानीबाबुहरुको छुट्टै सोंच हुन्छ, शुरुमा अभिभावक र उनीहरुको मिटिङबाट एउटा मिड प्वाइन्ट निकाली दुइटैको एउटै बनाउने काम हुन्छ । एउटै बनाउँदा नानी बाबुहरुको पढ्नको लागि समस्या भएन र घरमा पनि अभिभावकहरुले पढ पढ भनिरहनु परेन । उनीहरुको इच्छा अनुसार कलेजले पढाउने भयो ।

मिड भ्याली कलेज अरनिको हाइवे बाट अलि भित्र मध्यपुर हस्पिटलको १२० मिटर दुरीमा अवस्थित छ ।
क्यारियरको फाउण्डेसनको समयमा भएका अहिलेका विद्यार्थीहरुले एकपटक मिड भ्याली कलेजमा गएर यसले दिने सुविधा र पढाईको गुणस्तर बुझ्दा उनीहरुलाई धेरै फाइदा हुन्छ र काठमाडौं धाइरहनु पर्दैन र समयको पनि वचत हुन्छ ।

कलेजमा छात्रवृत्तिको प्रावधान

कलेजले छात्रवृत्तिको लागि जेहेन्दार र गरीब गरी ३६ वटा मापदण्ड बनाएका छ । जेहेन्दार, गरिब, दलित, जनजाति, त्यस्तै सिंगल अभिभावक भएको विद्यार्थीहरुलाई छात्रवृत्ति दिने प्रावधान छ । साथै जसको आमा मात्र वा बाबा मात्र हुनुहुन्छ उनीहरुलाई पनि छात्रवृत्ति दिइन्छ । सिंगल ममको लागि अझै प्राथमिकता दिइन्छ । त्यसैगरी मधेशी थारु जति पनि क्याटगेरी छन् ती सबैलाई छात्रवृत्ति दिइन्छ । दोश्रो भनेको ७ वटा प्रदेशका टपरहरु गल्र्स र ब्याइजलाई छात्रवृत्ति दिइन्छ । अनि जति पनि गाउँपालिका र नगरपालिका छन् नेपालमा तिनीहरुका फस्र्ट र सेकेण्ड टपरहरुलाई पनि स्कलरशिप प्रदान गर्दछ ।
अहिले मिड भ्याली कलेजमा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट र ल मा पढाई हुन्छ । पढाईको सेशन बिहान र दिउँसो हुन्छ । कलेजले दिर्घकालीन हिसाबले स्पोर्टस् एकेडेमी पनि सँगसँगै लिएर जाने लक्ष्य लिएको छ । यो अर्को वर्षदेखि शुरु हुन्छ । अहिले ११ मा पढ्ने विद्यार्थीहरुमध्ये जसले खेलकुदमा रुचि राख्दछन् उनीहरुको लागि एकेडेमी पनि कलेजले बनाउँछ । यसमा तीवटा विधा छ, एउटा फुटबल, अर्को क्रिकेट र अर्को भलिबल ।

विस्तृत जानकारीका लागि मिड भ्याली एसएस कलेज, नयाँ थिमि भक्तपुरको सम्पर्क नं ०१–५९२१२०४, ९८०२३७१७३०, ९८०२३७१७३१ मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया