• 3:06 pm

राजस्व अनुसन्धान विभागका ‘नक्कली डीजी’ बारे सांसदले उठाए संसद भवनमा प्रश्न (भिडियाे)

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार ०३:२०

असार ११, २०८१ काठमाडौँ: राजस्व अनुसन्धान विभागका महानिर्देशकको नम्बरबाट बिचौलियाले फोन गरी व्यापारीलाई तर्साउने काम भइरहेको विषयमा संसद्‍मा प्रश्न उठेको छ । उनले विभागका महानिर्देशको नम्बरबाट फोन गरेर व्यापारीलाई तर्साउने बिचौलिया को हो ? भनी जवाफ मागेका छन् । ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को एकजना महानिर्देशक बनेर व्यापारीहरुलाई बिदाको दिन फोन गरी थर्काउने र पैसा माग्ने काम भइरहेको सुन्नमा आएको छ,’ उनले भने, ‘व्यापारीलाई महानिर्देशकको नम्बरबाट फोन गरेर तर्साउने बिचौलिया को हो ?’

‘यति पैसा तिर्नुहोस् भनेर डिपार्टमेन्टल स्टोरदेखि अन्य व्यापारीलाई फोन गरेर तर्साउने काम राजस्व अनुसन्धानका डीजीको नम्बरबाट भएको छ। मैले ३ करोड खर्च गरेर डीजी बनाएको भन्छ रे। त्यो बिचौलिया को हो?,’ सांसद खतिवडाले भने, ‘प्रधानमन्त्री अन्तर्गत पर्ने राजस्व अनुसन्धान विभागलाई यसरी व्यापारी थर्काउनका लागि बिचौलिया प्रयोग गर्ने संस्थाका रुपमा प्रयोग नगरियोस्।’

प्रतिकृया