• 8:05 am

साइमेक्स इंकसँगको सरकारी हिमचिमले अस्वभाविक रुपमा गाडी नेपाल भित्रिए : बद्री पाण्डे

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार १२:३१

असार ११, २०८१ काठमाडौँ: नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्रीप्रसाद पाण्डेले कर छलीको अनुसन्धान झेलिरहेको चिनियाँ गाडी बीवाईडीको आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकसँगको सरकारी हिमचिमले अस्वाभाविक रुपमा नेपालमा गाडी भित्रिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद पाण्डेले साइमेक्स इंकसँगको सरकारी हिमचिमले जेठ १५ भित्र मात्रै अघिल्ला महिनाभन्दा तेब्बर अर्थात २९ सय गाडी भित्रिएको बताए ।

विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाका कारण नै अस्वभाविक संख्यामा गाडी नेपाल भित्रिएको उनको भनाइ थियो । ‘त्यसैले यो राष्ट्रघाती र उपभोक्तामारा कृत्यको गम्भीर छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गर्दछु,’ उनले भने ।

यस्तै सांसद पाण्डेले संसद् सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै संसदीय कार्यसूचीलाई सुचारु बनाउन माग गरे ।

प्रतिकृया