• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

महन्थको प्रश्न– जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसीमाथि किन ?

प्रकाशित मिति

२०८१ असार ४ गते, मंगलवार ०५:१३

असार ४, २०८१ काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरूमाथि मुद्दा लगाइएकोप्रति सरकारलाई प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको भन्दै यसप्रति असन्तुष्टि व्यक्त गरे ।

Kamana Sewa

पुराना पार्टीहरू हतियार उठाएरै आए पनि उनीहरूमाथि कुनै मुद्दा नभएको गुनासो गरे । माओवादीहरू जनयुद्धमा हतियार उठाएर आए पनि उनीहरूप्रति कुनै मुद्दा नभएको भन्दै मधेसीमाथि किन मुद्दा लाग्यो भनि प्रश्न गरे ।

Classic Tech Desktop

“नेपाल राज्यको इतिहास शान्तिपूर्ण कहिले भएन । मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो । त्यसैले आजभोलि जुन घटनाहरू भइरहेको छ । त्यो कुनै नौलो घटना होइन । त्यो राज्यको चरित्र हो । र अदालतको पनि त्यही चरित्र हुन्छ,” उनले भने, “यहाँ पुराना पार्टीहरू हतियार उठाएर नै आएका छन् । माओवादीहरू जनयुद्ध गरेर नै आउनुभएको छ । तर, बताउन सक्नुहुन्छ ? उनको कुनै माथि मुद्दा छ ? कसैको माथि मुद्दा छ ? आन्दोलन गरेर आएका ? हतियार नै उठाएर आएका ? छैन । अनि मधेसीहरूमाथि नै किन ?”

उनले नेपाल राज्यको इतिहास कहिल्यै शान्तिपूर्ण नरहेको भन्दै पछिल्ला घटनाहरू कुनै नयाँ नभएको बताए ।

प्रतिकृया