• ४ साउन २०८३, सोमबार
  • १:१८ बिहान

प्राकृतिक विपद्को पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई

प्रकाशित मिति

२०८१ जेष्ठ ३१ गते, बिहीबार १२:३९

जेठ ३१, २०८१ काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउँदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए ।

Kamana Sewa

उनले भने, ‘सरकारको पूर्व तयारी सन्तोषजनक छैन । विपद् प्राधिकरणलाई वार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’ नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले प्रतिकुल अवस्थाका बीच पनि उद्धारको काम गरिरहेको बताए ।

Classic Tech Desktop

उनले देश भर नै विपद्को पूर्व तयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विपद्पछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिकृया