इपीजी प्रतिवेदनको कुरा गर्दा के बिग्रने हो : पूर्व परराष्ट्रमन्त्री पौडेलको प्रश्न
प्रकाशित मिति
२०८० जेष्ठ २४ गते, बुधबार ०१:०९

२४ जेठ २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् । राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो भन्दै उनले प्रश्न गरिन् ।
सीमा विवाद सुझाउन जम्बो टोली भारत जानुपर्ने अवस्था नरहेको विमलाले बताइन् । ‘इपिजीको प्रतिवेदनले माहौल बिग्रन्छ भनेर भन्नुभयो । कुरा गर्दा माहौल बिग्रन्छ भने अचम्मको पोको के हो ? हामी जनता र सांसदले कहिले बुझ्न पाउने हो ? ’ उनले भनिन् ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा अफिसियल र कूटनीतिक राहदानी लिएर गएको औपचारिक जम्बो टोलीमा तपाईको आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ?’ प्रश्न गर्दै विमलाले भनिन्, ‘दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको अगाडि मोबाइले फोटो खिच्न मिल्छ कि मिल्दैन ? यस्तो कूटनीतिक मर्यादा कहिले सिकाउने हो ? हामीले कहिले सिक्ने हो ?’
प्रतिकृया