• 12:01 pm

सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ११:२९

२५ पुस २०७९, काठमाडौँ: नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार आईतबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्दै १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको हो । यसअघि सुनको मूल्य २०७८ को साउनमा हालसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । आजको मूल्यले यसअघिको उच्च मूल्यको रेकर्ड तोडेको छ ।


यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । आईतबार नेपाली बजारमा चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिकृया