राप्रपाले बुझायो ७ जना समानुपातिक सांसदको सूची, को को परे? (सूचीसहित)
प्रकाशित मिति
२०७९ मंसिर २५ गते, आईतवार ०८:१२

२५ मंसिर, २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। आयोगले दिएको शनिबार दिउँसो ४ बजेसम्मको समयसीमा अघि कार्यसम्पादन समितिको बैठक बसेर राप्रपाले समानुपातिक सांसदको सूची फाइनल गरेको थियो ।
समानुपातिक सांसदहरुमा पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर जबरासहित ७ जनालाई चयन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। समानुपातिक सांसदहरुको सूची राप्रपाले शनिबार अपरान्ह निर्वाचन आयोगमा पेश गरेको उनले बताए।
प्रतिनिधिसभातर्फ राप्रपाका ७ जना समानुपातिक सांसदः
खसआर्य पुरुषतर्फ
पशुपतिशमशेर जबरा
खसआर्य महिलातर्फ
रोशन कार्की
गीता बस्नेत,
जनजाती पुरुषतर्फ
बुद्धिमान तामाङ
जनजाती महिलातर्फ
बीना लामा
मधेशी महिलातर्फ
बीना जयसवाल
दलित महिलातर्फ
अनिसा नेपाली
प्रतिकृया