• 2:35 am

समानुपातिकतर्फ कुन दलले कति मत पाए?

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०२:५१

samanupatik

१८ मंसिर २०७९, काठमाडौँ : यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार २० हजार मतगणना भएकाे छ ।


पहिलो स्थानमा रहेको एमालेको २७ लाख ८८ हजार ३५६ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ६० हजार २४६ मत छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ ।


यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत पाएको छ ।


नेकपा एकीकृत समाजवादी पार्टी भने तीन प्रतिशत थ्रेस होल्ड कटाउन असफल भएको छ। समानुपातिकतर्फको मतगणना करिब सकिनै लाग्दा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेकाे छ ।


निर्वाचन आयोगका अनुसार बदर मत करिब पाँच प्रतिशत छ ।

प्रतिकृया