• 1:46 pm

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०६:०५

DineshKumarThapaliyaEC 20221012130707

१६ मंसिर २०७९, काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् । “हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भनी व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ” उनले भने ।


थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे । यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिए ।

प्रतिकृया