• 1:01 pm

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्षले सम्हाले कार्यभार

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०४:१३

२३ चैत २०७८, काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेसँगै उनले कार्यभार सम्हालेका हुन् ।


नवनिर्वाचित अध्यक्ष श्री गोविन्द लाल संघईले बुधबार कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन्। आज बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएका हुन् ।

प्रतिकृया