• ४ साउन २०८३, सोमबार
  • ८:०१ बेलुका

सेयर बजारमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०३:५५

३ चैत २०७८,काठमाडौं : बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २८ अंकले घटेको छ ।


केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहँदा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ । बुधबरा दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ ।

Kamana Sewa

प्रतिकृया