• २ साउन २०८३, शनिबार
  • २:२८ बिहान

नेपाल लाइफद्वारा जीवन बीमा इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार ०१:१६

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल जीवन बीमा क्षेत्रको इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गर्न सफल भएको छ।

नेपाल लाइफले गत आर्थिक वर्ष २०८२।८३ मा १३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा पहिलोपटक अर्को ऐतिहासिक कीर्तिमान कायम गरेको हो। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा स्थापित कम्पनीले आफ्नो २५ वर्षको गौरवमय यात्राका अवसरमा १३ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ अध्याय थप्न सफल भएको छ।

Kamana Sewa

कम्पनीले गत आर्थिक वर्षमा रु. १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै कायम गरेको ऐतिहासिक उपलब्धिलाई यस वर्ष अझ उचाइमा पुर्याउन सफल भएको छ।

Classic Tech Desktop

यस ऐतिहासिक सफलताका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्दै सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरु, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बीमा गरेका सम्पूर्ण बीमित, कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकायहरु तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ। कम्पनीले आगामी दिनमा अझ थप प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा, नवीन बीमा योजनाहरु, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि तथा विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्ब रुपैयाँको ऐतिहासिक उपलब्धि’ लाई सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाको साझा सफलताका रुपमा ग्रहण गर्दै आगामी दिनमा पनि नेपाली जीवन बीमा क्षेत्रको अग्रणी संस्थाका रुपमा ऐतिहासिक उपलब्धिहरुको निरन्तरता कायम गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

प्रतिकृया