• १४:०३ २०८० चैत्र १६ गते
  • 2:03 pm

प्राबिधिक शिक्षा तालिम मात्र होइन, युवाहरुलाई रोजगारीसँग जोड्ने ठूलो माध्यम हो : गण्डकी प्रदेश सिटिइभिटि प्रमुख आचार्य (भिडियो सहित)

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०२:४१

IMG 3057 scaled e1641545798865

सुजिता सापकोटा, २३ पुस २०७८, काठमाडौं : गण्डकी प्रदेशका व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटि) प्रमुख प्रमोद भक्त आचार्यले प्राबिधिक शिक्षा तालिम मात्र नभएर युवाहरुलाई स्वरोजगारसँग जोड्ने ठूलो माध्यम भएको दाबी गरेका छन् । मातृभुमीसँग कुरा गर्दै उनले उक्त दाबी गरेका हुन् ।


प्रमुख आचार्यले अझैपनि प्राबिधिक शिक्षाप्रति जनमानसमा पूर्ण बुझाइ नरहेको टिप्पणी गरेका छन् । प्राबिधिक शिक्षाप्रतिको बुझाइमा केहि समस्या छ , प्राबिधिक शिक्षा भनेको हामीले तालिम मात्र बुझेका छौँ तर यो तालिम मात्र होइन, वास्तबमा यो युवाहरुलाई रोजगारी र स्वरोजगारीसँग जाड्ने ठूलो माध्यम हो, उनले भने, उक्त समस्याका कारण सिटिइभिटिले गण्डकी प्रदेश लगायत समग्र देशमा नै अवेरनेस कार्यक्रम संचालन गरिरहेको छ ।


त्यस्तै, प्रमुख आचार्यका अनुसार देशको समृद्धि र विकासको मूल आधार नै प्राबिधिक शिक्षा होे र सरकारले यसलाई मध्यनजर गरी एक पालिका एक प्राबिधिक शिक्षालय नीति तथा कार्यक्रममा समेटिसकेको छ । हालसम्म ६ सय ३५ पालिकामा सिटिइभिटिको संस्थापक पहुँच पुगिसकेको छ र यस तथ्याङ्क आगामी दिनमा बढ्दै जाने उनको बिश्वास छ । संस्थापक पहुँचको हिसाबले मात्रै हेर्दा १ सय १८ पालिकामा अझै उक्त पहुँच पुग्न बाँकी रहेको छ ।


यस्तै, प्राबिधिक तथा ब्यवसायिक शिक्षालाई प्रभावकारी बनाउन कुन तहमा कस्तो जनशक्ति आवश्यक छ बुझेर त्यस ब्यवसायिक शिक्षा सिक्न इच्छुक युवा जनशक्तिलाई गणस्तरीय तालिम र शिक्षा प्रदान गरी र श्रमबजारको माग अनुसार रोजगारी वा स्वरोजगारीमा जोड्ने योजना रहेको उनले प्रष्ट पारे । – भिडियो

प्रतिकृया