प्रेम जीवनलाई सन्तुलित बनाउने पाँच फाइदा
प्रकाशित मिति
२०७८ मंसिर १४ गते, मंगलवार ०९:३१
१४ मंसिर २०७८, काठमाडौं : व्यस्त दिनचर्या, ठुलो लक्ष्य, विभिन्न प्रोजेक्टहरु र अन्य धेरै कुराहरुका कारण सम्बन्ध प्रभावित हुन थाल्छ ।जसका कारण सम्बन्धमा तनाव उत्पन्न हुन सक्छ । जब तपाईं आफ्नो करियरलाई अति नै महत्व दिन थाल्नु हुन्छ, एउटा स्वस्थ सम्बन्ध बनाइराख्नका लागि भिन्दै प्रयासहरु गर्नु पर्ने हुन्छ ।
दिनभरी काम गरेपछि आफ्नो साथीसंग आराम गर्न र कुरा गर्नका लागि समय निकाल्न पनि आवश्यक छ । यदि तपाईं पनि प्रेम र करियरबीच सन्तुलन बनाउन चाहनु हुन्छ भने तलका केही कुराहरुमा ध्यान दिएर आफ्नो करियर र प्रेमबीचमा सन्तुलन ल्याउन सक्नु हुन्छ ।

स–साना कुराहरु एकसाथ गर्नु पर्छ

आफ्नो साथीसंग समय बिताउनका लागि तपाईंले लञ्च अथवा फिल्म हेर्न जानु पर्छ भन्ने छैन । जहाँ इच्छा त्यहाँ उपाय भने झैं यदि तपाईंले आफ्नो साथीसंग धेरै समय बिताउन पाउनु भएको छैन भने त्यसको अर्थ जुन समय आफ्नो पार्टनरका साथमा हुनुहुन्छ, त्यो एकदम विशेष हुनु पर्छ भन्ने हुँदैन । स–साना कुराहरुले पनि तपाईंलाई धेरै खुशी दिन सक्छ ।
जब अफिसको धेरै कामहरु हुन्छन्, त्यो समयमा विशेष योजना बनाउन कठिन हुन्छ । त्यसैले जब तपाईंहरु साथमा हुनुहुन्छ, त्यसको हरेक क्षणलाई महसुस गर्न सक्नु हुन्छ । एक साथ खाना खानु पर्छ, घरको सर–सफाई गर्दा अथवा खाना बनाउँदा पनि तपाईंहरु एकसाथ रहेर एक–अर्कालाई समय दिन सक्नु हुन्छ ।
यी कुराहरु अर्थहिन लाग्न सक्छ, तर जब तपाईंसंग कम समय हुन्छ । त्यस समयमा आफ्नो साथीसंग समय बिताउने राम्रो तरीका हुन सक्छ । तपाईंले यसरी साना– साना कुराहरुमा संगै बिताएका क्षण तपाईंका लागि अमुल्य सावित हुन्छ । त्यो समयमा तपाईंले आफ्ना मनमा भएका धेरै कुराहरु आफ्ना साथीसंग शेयर गर्न सक्नु हुन्छ । जसले गर्दा तपाईंहरुबीच कुनै कुरा लुक्न पाउँदैन । त्यसो हुदा तपाईंहरुको सम्बन्ध झन् बलियो हुन्छ ।
कुनै शर्त बिना एकअर्कालाई सपोर्ट गर्नुपर्छ
आफ्नो अफिसमा दिनभर काम गरेर थाकेर घर आएको समयमा आफ्ना श्रीमान् अथवा श्रीमतीको करियरमा रुचि देखाउन केही कठिन हुनसक्छ । तर, थाके पनि केही समय आराम गरि सकेपछि, आफ्नो साथीको करियरसंग सम्बन्धित कुराकानी गर्नु आवश्यक छ । यो कुराकानीको माध्यमबाट आफ्नो साथीलाई उनको करियर र कामलाई कति सपोर्ट गर्नु हुन्छ भन्ने कुरा बताउन सक्नु हुन्छ । उसको सपोर्टका लागि सधै साथ रहेको कुरा उसलाई बताउनु पर्छ । उसको कामप्रति बिना शर्त समर्थन दिने कुरा उसलाई राम्रोसंग बताउनु पर्छ । यदि तपाईंले यसो गर्नु भएन भने तपाईंको साथीको मनमा असन्तोषको स्थिति उत्पन्न हुन सक्छ । जसले तपाईंको सम्बन्ध र करियरबीच सन्तुलन बनाउन कठिन हुन्छ ।
धेरै अपेक्षा गर्नु हुँदैन
जब तपाईंहरु दुवै कामकाजी हुनुहुन्छ भने अफिसपछि सम्बन्ध सम्हाल्न कति गाह्रो हुन्छ भन्ने कुरालाई राम्रोसंग बुझ्न सक्नु हुन्छ । त्यसैले तपाईंले आफ्नो साथीबाट धेरै अपेक्षा राख्नु राम्रो होइन । यदि तपाईंले आफ्नो साथीसंग धेरै अपेक्षा राख्नु भयो भने समयको अभावले तपाईंको साथीले राख्नु भएको अपेक्षा पूरा भएन भने तपाईंलाई नराम्रो लाग्छ र तपाईंको मन टुट्न सक्छ । त्यसैले साथीले कुनै डेट, होलीडे अथवा पार्टीको योजना गर्छ भन्ने जस्ता कुराहरु सोच्नु तपाईंका लागि हानिकारक हुन सक्छ । यदि तपाईंको साथीले त्यस्ता योजनाहरु बनाएन भने तपाईंलाई दुस्ख र निराशा प्राप्त हुन्छ ।
यी सबै कुराहरु व्यवस्थापन गर्नका लागि समयको आवश्यक पर्छ र त्यहि समय उसंग हुँदैन । त्यसैले उसले गर्न नसक्ने किसिमको अपेक्षा राख्नु हुँदैन । यसको अर्थ कुनै अपेक्षानै नराख्नु भन्ने होइन । उसबाट कस्तो अपेक्षा राख्नु भएको छ भन्ने बारेमा उसलाई शेयर गर्नु पर्छ । यसो गर्दा उसले पनि अपेक्षालाई पूरा गर्न हरसम्भव कोशिश गर्छ र यदि गर्न असक्षम भए त्यसबारेमा स्पष्ट रुपमा तपाईंलाई बताउँछ । जसका कारण निराश र दुस्खी हुन पर्ने स्थिति उत्पन्न हुँदैन ।
कुनै पनि निर्णय लिनु अगाडि साथीलाई भन्नु पर्छ
यदि तपाईं कुनै पनि निर्णय लिँदै हुनुहुन्छ भने त्यसका लागि दुई वटा खुड्किलाको आवश्यक छ । पहिलो यसको बारेमा राम्रोसंग सोच्नु पर्छ र सोचे पछि मात्र आफ्नो साथीलाई बताउनु पर्छ । त्यस्तै चाहे तपाईं धेरै बुद्धिमान भएता पनि अब तपाईं जीवनमा स्वतन्त्र रुपले निर्णय लिन सक्नु हुन्न । तपाईंले गरेको हरेक व्यक्तिगत निर्णयले तपाईंको साथीलाई पनि असर गर्छ । तपाईंको कुनै पनि निर्णयप्रति तपाईंको साथीले के सोच्छ भन्ने कुरा थाहा पाउनु आवश्यक छ । जस्तै तपाईंको जागिर छाड्ने अथवा परिर्वतन गर्ने सोच छ भने यसबारेमा तपाईंको साथीसंग कुरा गर्नु पर्छ । त्यस्तो स्थितिमा शहर छाड्नु पर्ने अथवा अर्को ठाउँमा जान पर्ने हुन सक्छ, जसको प्रभाव तपाईंको साथीमा पनि पर्छ ।
जिम्मेवारी बाँड्नु पर्छ
एउटा सम्बन्धमा सामञ्जस्य बसाउनु अवश्यक छ । यदि तपाईंलाई सम्बन्धमा सम्झौता गर्नु परिरहेको छ भने तपाईं र तपाईंको साथी दुवै मिलेर सम्झौता गर्नु पर्छ भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ ।
काम संग–संगै आफ्नो सम्बन्धको जिम्मेवारीहरुलाई पनि बुझ्नु पर्छ । विशेष गरेर त्यो समयमा जब तपाईं विवाहित हुनुहुन्छ, एक साथ रहनु हुन्छ र तपाईंका बच्चाहरु पनि छन् । अफिस जानुको साथै खाना बनाउन, बच्चालाई स्कुल पठाउने अनि संगै लिएर आउने, घरको कामकाज आदि जिम्मवारी एउटै व्यक्तिको काँधमा थोपर्नु हुँदैन । तपाईंको सम्बन्धमा कुनै पनि एक व्यक्तिले समस्त सम्झौता गर्नका लागि तयार हुँदैन । त्यसैले सही ढंगले निर्णय लिनु पर्छ । कुशलतापूर्वक काम गर्नु पर्छ र सबैभन्दा महत्वपूर्ण कुरा के हो भने संगै संगै काम गर्नु ।




प्रतिकृया