एआईजी किरण बज्राचार्यको अवकाशपछि काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मेवारी एआईजी तामाङलाई
प्रकाशित मिति
२०८१ पुष १७ गते, बुधबार १०:३६

पुष १७, २०८१ काठमाडौँ: काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमान्ड प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सुम्पिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि उपत्यकाको सुरक्षा कमाण्ड एआईजी किरण बज्राचार्यको जिम्मेवारीमा थियो । एआईजीको ५६ बर्से उमेर हदका कारण बज्राचार्य अवकाशमा गएसँगै प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) का प्रमुख तामाङलाई सो ठाउँमा सरुवा गरिएको हो ।
उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्ने गर्छ । त्यसैले यो जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ । साथै एआईजीहरु यो जिम्मेवारी पाउन मरिहत्ते नै गर्छन् ।
प्रतिकृया