• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

प्रहरीका पाँच एसएसपीको सरुवा, को कहाँ ?

प्रकाशित मिति

२०८१ पुष १७ गते, बुधबार १०:४३

पुष १७, २०८१ काठमाडौँ: नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो। सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् ।

Kamana Sewa

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ । ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।

Classic Tech Desktop

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन । एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले दौडधूप बढाएका छन् ।

प्रतिकृया