• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु

प्रकाशित मिति

२०८१ पुष १७ गते, बुधबार १०:३१

पुष १७, २०८१ काठमाडौँ: आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालसहित विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेको छ ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

Kamana Sewa

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

Classic Tech Desktop

नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा जमघट भएर नयाँ वर्ष मनाइरहेका छन् । विश्वभर नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेर नयाँ बर्ष मनाइदै छ ।

मातृभूमिन्युज पनि अंग्रेजी नयाँ वर्ष २०२५ काे उपलक्ष्यमा सबै पाठकवर्ग, विज्ञापन दाता तथा हितैषीहरुलाई नयाँ वर्ष २०२५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

प्रतिकृया