• ४ साउन २०८३, सोमबार
  • ५:११ बिहान

प्रभासले ‘राम’ बन्न लिए यति पारिश्रमिक

प्रकाशित मिति

२०७८ मंसिर १४ गते, मंगलवार ०९:१८

१४ मंसिर २०७८, काठमाडौं  मुम्बई– फिल्म क्षेत्रमा कथा, एक्शन, प्लट र सेटभन्दा पनि अति आवश्यक केही कुरा छ भने त्यो हो फिल्मको हिरो अर्थात मुख्य पात्र । फिल्मको हिरोकै नामले नै लाखौं मानिसले टिकट काटेर फिल्म हेर्छन् र फिल्म सुपरहिट हुन्छ ।


त्यसैले केही त्यस्ता कलाकार पनि हुन्छन्, जसमाथि फिल्म निमार्ताको अत्यधिक भरोसा हुन्छ । एउटा त्यस्तै नाम हो बाहूबली स्टार प्रभास ।उनको नामले मात्र पनि फिल्म सुपरहिट हुन्छ । प्रभासले फिल्म ‘आदिपुरुष’ मा लिएको पारिश्रमिक सुन्दा बलिउडका अन्य कलाकारहरु समेत आश्चर्यमा परेका छन् ।

Kamana Sewa

अहिलेसम्म सलमान खान र अक्षय कुमारको नाम सबैभन्दा बढी पारिश्रमिक लिने कलाकारको रुपमा थियो । तर, अब प्रभासले आफ्नो आउँदो फिल्ममा लिएको पारिश्रमिकले अक्षय र सलमानलाई निकै पछाडि पारेका छन् ।

Classic Tech Desktop

उनले एक सय करोडबाट सिधै ५० प्रतिशत बढि पारिश्रमिक एक सय पचास करोड भारतीय रुपैयाँ (भारु) लिएर दुबै अभिनेतालाई पछि पार्न सफल भएका छन् । यसका साथै प्रभासलाई भारतीय मनोरन्जन क्षेत्रमा तेस्रो महंगो कलाकारको रुपमा परिचित गराएको छ ।


सलमानले सुल्तान र टाइगर जिन्दा हे का लागि १०० करोड र अक्षय कुमारले बेल बटमका लागि १०० करोड नै पारिश्रमिक लिएर आफुलाई महंगा अभिनेताको रुपमा स्थापित गराएका थिए ।

आदिपुरुषमा प्रभासले भगवान रामको भूमिका निर्वाह गर्दैछन् रावणको भूमिकामा सेफ अलि खान देखिने भएका छन् ।फिल्ममा सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह देखिदैछन् । आदिपुरुष सन् २०२२ मा रिलिज हुने सम्भावना रहेको छ ।

प्रतिकृया