कंगनाको बोल्ड फोटो
प्रकाशित मिति
२०७८ मंसिर १४ गते, मंगलवार ०९:४२
१४ मंसिर २०७८, काठमाडौं : मुम्बई– पछिल्लो समय बलिउड अभिनेत्री कंगना रनौटले शिख समुदायविरुद्ध एउटा आपत्तिजनक धारणा बयान दिएकी छिन् ।अहिले कंगनाविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको ।
कंगनालाई किसान आन्दोलनविरुद्ध खालिस्तान आन्दोलनको रुपमा चित्रित गरेको र सामाजिक सञ्जालमा खालिस्तानी भनेको भन्दै मुम्बईमा एउटा उजूरी दर्ता गरिएको छ । उक्त उजुरी दिल्ली सिख गुरुद्वारा कमिटीद्वारा गुनासो दर्ता गरेपछि गरिएको हो । कंगनाविरुद्ध मुम्बईको खार पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ ।

हालै कंगनाको खारस्थित घर बाहिर शिख समुदायका मानिसहरुले विरोध प्रदर्शन पनि गरेका थिए । कंगनाले उजुी दर्ता भएपछि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो एउटा बोल्ड तस्बिर शेयर गरेकी छिन्, जसमा उनी हातमा वाइन ग्लास समातेर कामूक शैलीमा प्रस्तुत भएकी छिन् ।
उक्त तस्बिरसंगै उनले एउटा क्याप्शन पनि लेखेकी छिन् –‘एउटा अर्को दिन, एउटा अर्को एफआईआर, यदि उनीहरु मलाई पक्राउ गर्न आउँछन्।।।।घरमै मूडमा ।’

कंगनाले आफू यी सबै कुराबाट आत्तिएको छैन भन्ने दर्शाउने कोशिश गरेकी छिन् र आफू बिन्दास भएको देखाएकी छिन् ।





प्रतिकृया