महानायक विवादको असर : भुवन केसी अभिनित ‘डाँडाको बर पिपल’को गीत र ट्रेलरमा डिसलाइक बढी
प्रकाशित मिति
२०७८ आश्विन २४ गते, आईतवार ०५:२६
२४ असोज, २०७८ काठमाडौँ : चलचित्र ‘डाँडाको बर पिपल’को ट्रेलर र गीत सार्वजनिक भइसकेका छन। सो फिल्म को गीत रिलिज कार्यक्रममा निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालले पाएको महानायक उपाधिमाथि टिप्पणी गरेका थिए।
सोभितले अभिनेता भुवन केसीलाई ‘महानायक’ घोषणा गरिदिए। सोही कार्यक्रममा भुवनले भने अभिनेता शिव श्रेष्ठलाई महानायकको पहरी लगाइदिए। महानायक राजेश हमाललाई शोभितले ‘सुपरस्टार’ बताएका थिए।

तर, सो कुराले विवाद निम्त्याउपछि पछिल्लो समय फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सोभितले माफी मागे। राजेश हमालको फोटो राखेरै बस्नेतले हमाल नै महानायक भएको स्वीकार्दै माफी मागेका थिए। बस्नेतले माफी मागेपनि भड्किएका राजेश हमालका फ्यानले अभिनेता भुवन केसी र शिव श्रेष्ठ अभिनित सो फिल्मको गीत र ट्रेलरमा लाइक भन्दा बढी डिसलाइक गरेका छन।

महानायकको विवाद फिल्मको प्रचार सामग्रीमा देखिएको हो। सो फिल्मको ‘देउराली बनेछ ढुंगाको’ बोलको गीत युट्युबमा सार्वजनिक भएको तीन सातामा १० हजारले लाइक गरेका छन् भने डिसलाइक गर्नेको संख्या २० हजार बढी छ। यस्तै ट्रेलरमा पनि डिसलाइक बढी आएको छ।




प्रतिकृया