• ४ साउन २०८३, सोमबार
  • १०:३३ बेलुका

मेगा बैंकको ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०५:३१

२४ असोज, २०७८ काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ।


मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो।

Kamana Sewa

यसैगरी, मेगा बैंकमा खाता खोली पहिलोपटक ई–कमर्स कारोबार गर्ने डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको २० प्रतिशतसम्म वा २ हजारसम्म क्यासब्याक सुविधा दिइने भएको छ।

Classic Tech Desktop

असोज २४ बाट कात्तिक २४ गतेसम्म सञ्चालन हुने यस अफर योजनामा सबैभन्दा बढी कारोबार गर्ने ५ जना डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई उपहार कार्डको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।


यसैगरी, चाडपर्वभर मेगा बैंकले इ–कमर्स कारोबारमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ। चाडपर्वको उपहारस्वरूप यस अफर ल्याइएकाले नजिकको शाखा कार्यालयमा गई खाता खोलेर डेबिट तथा क्रेडिट कार्डमार्फत क्यासब्याकको लाभ लिन मेगा बैंकले आग्रहलाई अनुरोध गरेको छ।

प्रतिकृया