• ४ साउन २०८३, सोमबार
  • १:१७ बिहान

सुनको मूल्यमा वृद्धि, ताेलामा कति ?

प्रकाशित मिति

२०७८ आश्विन ६ गते, बुधबार १२:३४

६ असोज, २०७८ काठमाडौँ : सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार दुई सय रुपैयाँ थियो ।


तेजाबी सुनको मूल्य पनि तोलामा नौ सय रुपैयाँले बढेर ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार सात सय ५० रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोला २५ रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया