• १२ असोज २०८३, सोमबार
  • २ः४० दिउँसो

आमा सहित छोरा छोरीको शव पोखरीमा फेला

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार १०:३५

१३ साउन, २०७८ काठमाडौँ : सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीनजनाको शव फेला परेको छ । नीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको शव स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेको अवस्थामा फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए ।

National Life

मंगलबार राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव बुधबार बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ।


उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । तीनैजनाको शव पोखरीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवामा ल्याउने काम भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। आत्महत्या हो वा हत्या भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया