• ११ असोज २०८३, आइतबार
  • १२ः०२ दिउँसो

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार १०:४५

१३ साउन, २०७८ काठमाडाैँ : नेपाली पौडीबाज गौरिका सिंहले जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत बुधबार प्रतिस्पर्धा गर्दै छिन्। गौरिकाले पौडीमा महिला तर्फको १०० मिटर फ्री स्टाइल स्पर्धामा प्रतिस्पर्धा गर्न लागेकी हुन्। उनले हिट चरणमा गर्ने प्रतिस्पर्धाको नेपाल टेलिभिजन प्लसले प्रत्यक्ष प्रशारण गर्ने छ। खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि हुनेछ।

National Life

गौरिकाले प्रतिस्पर्धा गर्ने हिटमा नाइजेरिया, मन्टेनेग्रो र ग्वामका खेलाडी छन्। यीमध्ये सबैभन्दा राम्रो टाइमिङ मन्टेनेग्रोका खेलाडीको छ।एक सय मिटर फ्रिस्टाइलमा गौरिकाको बेस्ट टाइमिङ एक मिनेट ०.६२ सेकेन्ड रहेको छ। २ वर्षअघि दक्षिण कोरियाको ग्वन्जाउमा आयोजित प्रतियोगितामा गौरिकाले उक्त समय निकालेकी थिइन्। यो स्पर्धामा विश्व कीर्तिमानी समय ५१.७१ सेकेन्ड तथा ओलम्पिक कीर्तिमानी समय ५२.६२ सेकेन्ड रहेको छ। गौरिकाले प्रतिस्पर्धा गर्ने स्पर्धामा ७ वटा हिट रहेका छन्। शीर्ष १६ खेलाडी सेमिफाइनल पुग्ने छन्।


यसअघि मंगलबार भएको पुरुष तर्फको १०० मिटर फ्री स्टाइलमा नेपाली पौडीबाज एलेक्स शाहले व्यक्तिगत प्रदर्शनमा करिब तीन सेकेण्ड सुधार गरेका थिए। उनले हिट चरणमा १० मिटरको दूरी ५३.४१ सेकेण्डमा पूरा गरेका हुन्। यसअघि उनले एक सय मिटर फ्रिस्टाइल ५६.२८ सेकेन्डको समय निकालेका थिए। उक्त प्रदर्शन उनले दक्षिण कोरियाको ग्वान्झाउमा भएको विश्व च्याम्पियनसिपमा गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

मंगलबार पहिलो हिटमा सहभागी ७ जनामध्ये एलेक्स पहिलो भए, तर अगाडि बढ्न सकेनन्। उनी हिटमा प्रतिस्पर्धा गरेका ७० जना खेलाडीमध्ये पुछारबाट ११ जना खेलाडीभन्दा माथि रहे।

प्रतिकृया