• १२ असोज २०८३, सोमबार
  • ५ः१२ बेलुका

जसपामा रेशम चौधरीको पदबारे अस्पष्ट !

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार १०:२०

१३ साउन, २०७८ काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल ९जसपा० मा रेशम चौधरीको कार्यकारिणी सदस्य पद रहे–नरहेकोबारे पार्टीमा अलमल देखिएको छ । कार्यकारिणी सदस्य रामसहाय यादवले रेशम चौधरीलाई पार्टीबाट निकालिएको बारेमा गलत प्रचार भइरहेको प्रतिकृया दिएका छन् । तर प्रचार विभाग प्रमुख समेत रहेका कार्यकारिणी सदस्य डम्बर खतिवडाले भने रेशम चौधरीलगायत १७ जनाले जसपामा छैन भनि निर्वाचन आयोगमा हस्ताक्षर गरेकाले उनीहरु स्वत पार्टीमा नरहने दावी गरे ।

National Life

‘हिजोको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको हो’, उनको भनाइ छ, ‘किनभने ती ३४ जनाले मात्र जसपाको आधिकारिकतामा हस्ताक्षर गर्नुभयो, बाँकी विपक्षमा हुनु भएकाले उहाँहरु जसपामा रहनु भएको छैन भनि बुझ्नुपर्छ ।’ रेशम चौधरीले पार्टीमा बस्न चाहेको हो भने आफ्नो लाइन स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।


उनले थपे, रेशमजी तटस्थ बस्नु भएको छ, पार्टीको आधिकारिकता उपेन्द्र यादवको पक्षमा गएपछि उहाँले अब स्पष्ट गर्नुपर्छ । उहाँले म जसपामा छु भन्नुभएको छैन, उहाँले म तटस्थ बसेको छु भन्नुभएको छ ।’ जसपाको मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रेशम चौधरीलाई पनि पार्टीबाट निष्काशन गरेको भन्ने समाचारहरु बाहिरिएको थियो । यसबारेमा रामसहायले आफू बैठकमा हुँदा यसबारे कुनै निर्णय नभएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘म बैठकमै थिएँ, त्यस्तो कुनै निर्णय भएको छैन, रेशम चौधरीलाई निकाल्ने बारेमा कुनै निर्णय नै भएको छैन, यसको बारेमा भ्रम फैलाउने काम भइ रहेको छ पार्टीलाई बदनाम गराउने काम भइरहेको छ ।’ निर्वाचन आयोगमा भएको हेडकाउन्टमा महन्थ ठाकुर पक्षका १६ जनाले विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए । ३४ जना कार्यकारिणी सदस्यले आधिकारिकताका लागि भएको हेडकाउन्टमा पक्षमा हस्ताक्षर गरेको कारण उनीहरु मात्र कार्यकारिणी सदस्य रहेको ठहर गरेको छ ।

प्रतिकृया