• २०:२५ २०८० चैत्र १६ गते
  • 8:25 pm

मिठो निन्द्राका लागि उपयोगी १० टिप्स

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ०२:२०

sleeping e1622795716264

सांकेतिक तस्वीर

काठमाडौँ : शरीर स्वस्थ्य रहन र मन शान्त हुन निन्द्रा अपरिहार्य छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्स अपनाउँ


१ – रातमा थोरै खाने
नेपालीहरुमा रातको खाना पेट डम्म हुनेगरी अघाउँजी खाने बानी छ । तर यति धेरै मात्रामा खाने यो बानीले निन्द्रा बिथोल्छ । त्यसैले रातमा हलुका खाना खानु उपयुक्त मानिन्छ ।


२ – दिउसो यि चिज नखाने
दिउँसो चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ खाने गरेको भए दिउँसो २ बजेपछि यस्ता पेय लिन छाड्नुहोस् । यो बानी निन्द्राकालागि घातक मानिन्छ ।


३- सुत्नुअघि मदिरा नखाने
मदिराको लत परेकाहरु रातमा एक चुस्की पिएपछि निद्रा लाग्ने गलत भ्रम पाल्दछन् । जो सत्य होइन । यसले मानिसलाई छिट्टै निद्रा त लगाउँछ, तर केही घण्टामै निद्रा भंग हुन्छ र छिनछिनमा बिउँझिने समस्या हुन्छ । जसले निन्द्रा पुरा हुन पाउँदैन ।


३- तातो पानीले ननुहाउनुस्
कामबाट घर फर्केपछि धेरैमा तातो पानीले नुहाउने बानी हुन्छ । तर तातो पानिले नुहाउँदा मीठो निद्रा पर्दैन । त्यसैले नुहाउनै परे सुत्नुभन्दा अघि नै नुहाउने बानी बसाल्नुहोस् ।


४- सुत्ने कोठामा मधुरो बत्ती
एकदमै उज्यालोमा सुत्न जाँदा निदाउन समय लाग्न सक्छ । तसर्थ बेडरुममा मधुरो बत्ती हुनु पर्दछ । जसले मीठो निद्राकालागि ओछ्यानमा पल्टिनुअघि नै मुड बन्न पुग्छ ।


५- ओछ्यानमा मोबाइल नचलाउने
आजकल धेरै मानिसमा ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउने बानी छ । तर यसरी मोवाइल चलाउँदा यसैमा अलमलिने भएकाले निद्रा लाग्न पाउँदैन । साथै, सुत्दा अनिवार्य मोवाइल साइलेन्समा राख्ने गर्नुहोस् ।


६- सुत्ने तालिका बनाउने
सुत्ने र उठ्ने समय तालिका नबनाएको भए तत्काल यो बनाउनुहोस् र यसको पालना गर्नुहोस् । सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी भए अनिद्राको समस्या हट्दै जानेछ ।


७- चुरोट छाड्ने
चुरोट खाने बानी छ र अझ सुत्नुअघि अनिवार्य चुरोट पिउने लत छ भने निन्द्रा लाग्दैन । त्यसैले चुरोट छाड्न ढिलो नगर्नुस् । चुरोट नखाने मानिस खानेको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउन सक्छन् । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।


८- धेरै नसोच्ने, गीत सुन्ने
धेरै सोच्ने, मनमा कुरा खेलाउने मानिसमा अनिन्द्राको समस्या हुन्छ । यस्तो भए धेरै सोच्ने, चिन्ता लिन छाड्नु पर्दछ । बरु निद्रा लाग्दैन भने मीठामीठा कथा, संगीत सुन्दै निदाउने बानी बसाउनु पर्दछ ।


९- सुताईको पोजिसन
निदाउँदा आफुलाई कुन पोजिसनमा निन्द्रा पर्दछ त्यसबारे ध्यान दिई त्यहि पोजिसनमा सुत्ने कोशिस गर्नु पर्दछ । अधिकाशं मानिसलाई उत्तानोको तुलनामा कोल्टे वा घोप्टो पर्दा निन्द्रा पर्ने गर्दछ ।


१०- खानपानमा परिवर्तन
मीठो निद्रा जगाउन खानपानको भुमिका महत्वपुर्ण हुन्छ । त्यसैले चिल्लो, पिरो अमिलो र मसलेदार खाना खानबाट जोगिनु पर्दछ । साथै माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एकलाई हरेक दिनको खानामा समावेश गरे मिठो निन्द्रा पर्दछ ।

प्रतिकृया