कोरोना जितेपछि पूर्वराजा ज्ञानेन्द्र दम्पत्तिको भिडियो सन्देश : अग्रपङ्तिमा खटेकालाई धन्यवाद
प्रकाशित मिति
२०७८ जेष्ठ २० गते, बिहीबार ०४:५०
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेपछि पूर्वराज ज्ञानेन्द्र शाहले भिडियो सन्देशमार्फत् आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। पूर्वरानी कोमल राज्यलक्ष्मीदेवीलाई साथमे राखेर ज्ञानेन्द्रले भिडियोमार्फत् आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्नेलाई धन्यवाद दिएका हुन्।
उनले आफूहरुले स्वास्थ्य लाभ गरे पनि देश भित्र र बाहिर देखिएको महामारीले चिन्तित बनाएको बताएका छन्। ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ। तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ’, ज्ञानेन्द्रले भनेका छन्, ‘यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ।’

Message from “Their Majesties”!
Posted by Prearana Rajyalaxmi Devi Singh on Wednesday, 2 June 2021
पूर्वराजा ज्ञानेन्द्रले महामारी रोकथाम था नियन्त्रणमा दिनराख खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सामाजिक कार्यकर्तालाई धन्यवादसमेत दिएका छन्।‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ,’ भिडियो सन्देशमा भनिएको छ।





प्रतिकृया