• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

संसद् पूनःस्थापना भए पूनः ओली नै प्रधानमन्त्री हुन्छन् : कमल थापा

प्रकाशित मिति

२०७८ जेष्ठ १४ गते, शुक्रबार ०८:४१

काठमाडौं : राप्रपाका अध्यक्ष कमल थापाले संसद् पूनःस्थापना भए केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । उनले आफूहरुले सुरुदेखि नै चुनाव नै अहिलेको संकट समाधानको उपयुक्त विकल्प भएको कुरा पनि उल्लेख गरेका छन् । तर, आफूले यसो भन्दा कतिपयले प्रधानमन्त्री ओलीको पक्ष लिएको भनेर टिप्पणी गरेको पनि थापाले बताएका छन् ।


सामाजिक सञ्जालमार्फत थापाले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन् “चुनाव संकट समाधानको उपयुक्त विकल्प हो @PM_Nepal पक्ष लियो भन्छन । तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुनस्ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ”

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया