• 2:24 pm

डा. रणजीतको गीत ‘नसोध मलाई’ मा स्वास्थ्यकर्मीको कथा

प्रकाशित मिति

२०७८ जेष्ठ १४ गते, शुक्रबार ०८:२९

काठमाडौं : कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियता पूर्वक खटिएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा गायक तथा संगीतकार हुन् । डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत ‘नसोध मलाई।’ ल्याएका छन् ।


गीतले संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र ब्यक्त गरिएका छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएको बिषय समेत समेटिएको छ । डा.झाको स्वर रहेको गीतमा गिरिराज निरौलाको शब्द तथा संगीत रहेको छ । लोक शैलीमा तयार गीतमा गीतमा महाराज थापाको संगीत संयोजन छ ।


गीतको भिडियोमा निशान कश्यपले निर्देशन गरेका हुन् । जसमा महेश खड्का तथा सुशीला थापाको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक डा।झा पनि प्रस्तुत भएका छन् । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईंको छायाँंकन रहेको भिडियो निर्देशक कश्यपलेनै सम्पादन गरेका हुन् ।


प्रतिकृया