• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

बुद्ध भूमि

प्रकाशित मिति

२०७८ जेष्ठ १२ गते, बुधबार ०१:०२

विमला भुसाल – ‘गजल’

बुद्ध भुमि यो देशमा शान्ति गयो कता।
अशान्तिले जरो गाड्यो फैलियो जता तता।।
शान्ति भुमि नेपाल भन्थयौ गयो आज कता।।।

Kamana Sewa

बुद्धले दिएका ती उपदेश खोइ ।
नेपाल आमा डाको छोड्दै भन्न थालिन रोइ।।
नेपाल आमा डाको छोड्दै भन्न थालिन रोइ।।।

Classic Tech Desktop

देखिदैन दोषी यहाँ सबै निर्दोष बन्ने।
सबै दोषी आफ्नै अरे कस्लाई गई भन्ने ।।
सबै दोषी आफ्नै अरे कस्लाई गई भन्ने ।।।

कति यहाँ अन्जान बनी अकालमै मर्छन्।
वाक्य बन्द गरि दिदा सधै पछि पर्छन्।।
वाक्य बन्द गरि दिदा सधै पछि पर्छन्।।।


बुद्ध तिमी जन्मेउ यहीँ शान्ति भूमि नाउ ।
अशान्तिले जरो गाड्यो अब कता जाउ।।
अशान्तिले जरो गाड्यो अब जता जाउ ।।।


बुद्ध भुमि यो देशमा शान्ति गयो कता।
अशान्तिले जरो गाड्यो फैलियो जता तता।।
शान्ति भुमि नेपाल भन्थयौ गयो आज कता।।।

प्रतिकृया