• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

मौसमः दिनभर कहाँ कस्तो रहन्छ, वर्षाको सम्भावना कता?

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०८:००

काठमाडौँ:  देशभरका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

Kamana Sewa

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम प्रभावित भएको हो ।अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यातय सफा रहेको छ ।

Classic Tech Desktop

 

शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । अरु प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

 

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया