• २५ भदौ २०८३, बिहीबार
  • २ः११ राती

ओलीलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:५७

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

National Life

 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले व्यापक छलफल गरेपछि ओलीलाई विस्थापित गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको एक केन्द्रीय सदस्यले देश सञ्चारलाई जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीको सत्ता साझेदार माओवादी केन्द्रले कांग्रेस पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्व नभएको बताउँदै आएका थिए।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबपछि कांग्रेसले औपचारिक रुपमै सरकार बनाउने निर्णय गरेको ती केन्द्रीय सदस्यले बताए।

नेता पौडेलले यदि देउवा प्रधानमन्त्री तयार नहुने हो भने पार्टीभित्र अर्को व्यक्तिको खोजी हुुनुपर्ने अडान राखेका थिए। प्रतिनिधिसभा कांग्रेसका ६१ जना सांसद छन्।

बैठकले ओलीको राजीनामा समेत मागेको छ। दिउँसो २ बजे बोलाइएको बैठक साँझ साढे सात बजे मात्रै सुरु भएको थियो। र अहिले पनि बैठक चलिरहेको छ।

दिनभर जसो नेताहरु अनौपचारिक छलफलमा जुटेका थिए।

प्रतिकृया