• 11:05 pm

हाउजेको सातौ शोरुम चाबहिलमा खुल्ने

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०४:१५

काठमाडौं: नेपाली बजारमा चिनियाँ मोटरसाइकल  भित्र्याएको कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले हाउजेको  सातौ शोरुम चाबहिलमा खोल्ने भएको छ ।

कम्पनीले डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरणगरिरहेको छ । हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ ।

इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक
नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ।  ३ लाख ९५ हजार रुपैयाँ मूल्य
पर्ने यो बाइक रोड र अफरोड दुवैका लागि  राम्रो रहेको कम्पनीले बताएको छ ।

बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक
नेपाली बजारमा उपलब्ध हुदै आएका छन्।रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारका बाइक बजारमा उपलब्ध छन् ।

हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने ६ पटक सम्मफ्रि सर्भिस उपलब्ध गराएको छ। पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ। यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोगगरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न
जानकारी प्राप्त गर्न सकिन्छ ।इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ

भने बाइकमा भएको १४९।२ सीसीको इन्जिनले ८।८ किलोवाट पावर र ११।६
एनएम टर्क जेनेरेट गर्छ। फाइभ स्पिड गियरबक्स उपलब्ध यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । नगदमार्फत खरिद गर्न चाहने ग्राहकले १० हजार रुपैयाँको छुट पाउने र एक्सचेन्ज गर्न चाहनेका लागि सो
सुविधा समेत उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
त्यसैगरी फाइनान्समा समेत बाइक खरिद गर्न सकिने ब्यवस्था कम्पनीले गरेको छ ।
कमलपोखरी, टेकु, नयाँ बजारमा हाउजेको सोरुम रहेको छ । उपत्यका वाहिर चितवन, हेटौडा र संखुवासभामा सोरुम उपलब्ध छन् ।

प्रतिकृया