• ४ साउन २०८३, सोमबार
  • १:५६ बिहान

ग्लोबल आइएमई बैङ्कको नयाँ शाखा दाङको लमहीमा

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०६:४०

काठमाडौं: ग्लोबल आइएमई बैङ्क लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरे।

Kamana Sewa

शाखा उद्घाटन समारोहमा बोल्दै बैङ्कका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ‘सबैका लागि बैङ्क’ भन्ने मूल नारालाई चरितार्थ गर्दै बैङ्क उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको जनाएका छन्।

Classic Tech Desktop

उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पुर्याउन बैङ्क स्थापना भएको बताए।

बैङ्कले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैङ्कले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए।

प्रतिकृया