• ४ साउन २०८३, सोमबार
  • ३:२९ बिहान

एयर होस्टेज हुँ भन्दै फेसबुकमार्फत ठगी गर्ने एक युवती पक्राउ

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार १२:४७

झापा, झापामा एयर होस्टेज हुँ भन्दै फेसबुकमार्फत ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राईलाई रहेकी छन् । उनलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानएको छ ।

उनी माथि दुई पुरुषले दिएको उरुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘फ्रेण्ड रिक्वेस्ट’ पठाउने र आफू जेट एयरलाइन्सको एयर होस्टेजका रुपमा काम गर्दै आएको उरुरी दिनेले बताएका छन् ।

Kamana Sewa

राईले बुबा अमेरिका बस्ने, आमा डाक्टर, दाजु पाइलट भएको परिचय दिई मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरेर नजिक हुने र लामो समय कुराकानी गरेपश्चात् विवाह गर्नेसम्मको प्रलोभन दिएर विभिन्न आकस्मिक समस्या देखाई पुरुषसँग रकम मागी झुक्याएर ठगी गर्ने गरेको र रकम नदिएमा आत्महत्या गर्ने भनी धक्कीसमेत दिने गरेको उनीहरूको उजुरीमा उल्लेख रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

Classic Tech Desktop

राईलाई आइतबार झापा जिल्ला अदालतबाट छ दिनको म्याद थप भई जिप्रका झापाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने उजुरीकर्ता पुरुषको नाम भने उल्लेख गर्न नमिल्ने प्रहरी बताएको छ । उनले नक्कली फेसबुक आइडीमा अर्काको फोटोहरू राखेकाले मेसेन्जरमा भ्वाइस कल मात्र गर्ने, सक्कली अनुहार देखिने डरले भिडियो कल नगर्ने, जेट एयरलाइन्सको एयर होस्टेजको फोटोहरू इन्स्ट्राग्रामबाट निकाली आफूले खोलेको नक्कली फेसबुक आइडीमा फोटोहरू अपलोड गरेको अनुसन्धानमा खुलेको छ ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को ठगी अपराधअन्तर्गत कानूनी कारवाही हुने प्रहरी कार्यलय झापाले बताएको छ ।

प्रतिकृया