• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

स्पेनमा विमान र हेलिकप्टर जुध्दा सात जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ९ गते, सोमबार १२:५२

एजेन्सी, स्पेनमा हेलिकप्टर र एउटा विमान जुधे जुध्दा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुरघटनामा ती सबैको ज्यान गएको छ ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए । हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन् ।

Kamana Sewa

प्रतिकृया