• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

सुदूरपश्चिममै पहिलो पटक आइसियु सहितको एम्बुलेन्स सञ्चालन

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०४:४३

धनगढी,धनगढीको निसर्ग अस्पतालले आइसियु सहितको एम्बुलेन्स सञ्चालन गर्ने भएको छ। सुदूरपश्चिममै पहिलो पटक अस्पतालले ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको हो।आइसियु सहितको एम्बुलेन्स खरिद गरिसकेको अस्पतालले अवको केही दिन भित्रै सेवा सुचारु गर्ने जनाएको छ।

एम्वुलेन्समा आइसियू, भेन्टिलेटर, कार्डियाक, सक्सन, नेबुलाईजर, ईसिजी लगायतका सेवा रहेको अस्पतालले जनाएको छ। गम्भीर प्रकृतिका विरामीहरुका लागि अति नै आवश्यक मानिने सेवा अस्पतालले सुरु गरेको हो। एम्वुलेन्समा स्वास्थ्यकर्मी सहितको टोली पनि बस्न मिल्ने प्रवन्ध गरिएको सुविधा युक्त एम्बुलेन्स सञ्चालन भएपछि गम्भीर प्रकृतिका घाइते र विरामीलाई टाढा लैजाँदा पनि समस्या नहुने भएको छ ।

Kamana Sewa

प्रतिकृया