• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ: नेता सिंह

प्रकाशित मिति

२०७६ असार २९ गते, आईतवार ०४:२४

काठमाडौँ, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । “लामो समयसम्म सङ्घीयताअनुसार पार्टी संरचना जान नसक्नु दुःखद कुरा हो”, नेता सिंहले भन्नुभयो, “वर्तमान सरकारले केन्द्रमा धेरै अधिकार राखेर प्रदेश र स्थानीय तहमा कम अधिकार दिँदा अहिले गएको बाढी, पहिरोको राहत तथा उद्धार कार्यक्रम प्रभावकारी हुन सकेको छैन् ।”

नेता सिंहले सरकारले ल्याएको गुठी विधेयक, मानव अधिकार विधेयक, मिडिया काउन्सिल विधेयकलगायतका विधेयकमा सरोकारवाला निकाय र मन्त्रालय÷मन्त्रालयबीच समन्वय हुन नसक्दा सरकार नेतृत्व विहीन जस्तो बन्न पुगेको आरोप लगाउनुभयो । उहाँले पार्टीमा प्रवेश गर्नेलाई पार्टीको विधि, विधान र नियमावलीअनुसार अगाडि बढ्न सुझावसमेत दिनुभयो ।

Kamana Sewa

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणालाई नेता सिंहले पार्टीको सदस्यता, दोसल्ला र खादा ओढाएर पार्टीमा मप्रवेश गराउनुभएको थियो । सो अवसरमा काङ्ग्रेसका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजाल, १७ का अध्यक्ष नवीन मानन्धर, २६ का अध्यक्ष ख्यामराज तिवारी, पर्यटन व्यवसायी रामशरण थपलिया, लीलाबल्लभ दाहाललगायतको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया