• ३२ असार २०८३, बिहीबार
  • २:४१ बिहान

रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास, ३१.५ प्रतिशत शरीर जलेपछि कीर्तिपुर रिफर

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार १०:३८

३१ असार २०८३ रौतहट- रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। घटनामा उनी गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार मंगलबार राति करिब १ बजे गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनावबाट गुज्रिरहेका थिए। घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

Kamana Sewa

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ।अस्पतालबाट बिहान करिब ४ बजे घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। बिहान ४:१५ बजे उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। सहनी गरुडा बजारस्थित झाझ पुलनजिक एउटा सानो होटल सञ्चालन गर्दै आएका थिए, जहाँबाट उनले आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका थिए।

प्रतिकृया