• १३ भदौ २०८३, आइतबार
  • १०:१९ बिहान

कृष्णभीरमा सडक कटान भएपछि काठमाडौं–मुग्लिन राजमार्ग पूर्ण रूपमा बन्द

प्रकाशित मिति

२०८३ भाद्र १४ गते, आईतवार १०:१८

१४ भदौ २०८३  धादिङ — भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर क्षेत्रमा तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो।

बाढीको कटानका कारण सडकको केही भाग भासिएको छ। आज बिहान केहीबेर अवरुद्ध भएको सडक खुले पनि केही समयमै पुनः पूर्ण रूपमा बन्द भएको जनाइएको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

Kamana Sewa

यसैबीच, चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट चितवन हुँदै आउने सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ। प्रहरी तथा स्थानीय प्रशासनले त्रिशूली नदी आसपासको क्षेत्रमा पानीको बहाव बढिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरेका छन्।

Classic Tech Desktop

प्रतिकृया