• ३२ असार २०८३, बिहीबार
  • ३:३० बिहान

आजदेखि देशभर फेरि फुल सिलिन्डर ग्यास बिक्री

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०९:३३

३१ असार २०८३ काठमाडौं – नेपाल आयल निगमले आज (बुधबार)देखि देशभर पुनः १४.२ किलोग्राम तौलको खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको जनाएको छ। निगमका अनुसार भारतका विभिन्न ग्यास भर्ने तथा प्रशोधन केन्द्रबाट ग्यास आपूर्तिमा सुधार आएपछि र उपभोक्ताबाट १४.२ किलोग्रामको सिलिन्डरको माग बढेकाले साविककै तौलको ग्यास बिक्री गर्ने निर्णय गरिएको हो।

१४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। यसअघि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ किलोग्राम ग्यास भरेर बिक्री–वितरण गर्ने व्यवस्था लागू गरेको थियो।

Kamana Sewa

निगमका अनुसार केही समयसम्म बजारमा ७.१ किलोग्राम र १४.२ किलोग्राम दुवै प्रकारका ग्यास सिलिन्डर उपलब्ध हुन सक्नेछन्। त्यसैले ग्यास खरिद गर्दा सिलिन्डरको तौल र मूल्य यकिन गरेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको छ।

Classic Tech Desktop

निगमले हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेकाले आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न पनि उपभोक्तासँग अनुरोध गरेको छ।

प्रतिकृया