• ४ साउन २०८३, सोमबार
  • ३:२१ बिहान

मौका परीक्षाको माग गर्दै विद्यार्थीले गरे पोखरा विश्वविद्यालयमा तालाबन्दी

प्रकाशित मिति

२०७६ असार २६ गते, बिहीबार ११:१४

कास्की, पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो । परीक्षामा छुटेकालाई मौका परीक्षा सञ्चालन नगरे थप आन्दोलन गर्ने उनीहरुले क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन् ।

Kamana Sewa

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा बिपिएचका विद्यार्थी छुटेका थिए । क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो । सो विरोधमा उत्रिएका केही विद्यार्थी घाइते समेत भएका थिए ।

Classic Tech Desktop

प्रतिकृया