• ४ साउन २०८३, सोमबार
  • ३:२० बिहान

आदर्श जनप्रेमी स्कुलले एसइई उत्कृष्ट दुई जनालाई नगद रु २,०२,२२२ सहित सम्मान

प्रकाशित मिति

२०७६ असार २३ गते, सोमबार ०२:४४

भक्तपुर,कौशल्टार स्थित जनप्रेमि सेकेन्डरी स्कुल ले २०७५ को एसइई परिक्षामा उत्कृट नतिजा हासिल गरेको छ । यसै अवसरमा आइतबार जनप्रेमि सेकेन्डरी स्कुलले एसइई दिएका विद्यार्थीलार्ई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको थियो । आदर्श जनप्रेमी विद्यालयका विद्यार्थी अनुप काफ्ले र कञ्चन श्रेष्टले ४ जिपिएमा ४ नै ल्याउन सफल भएका छन् । अनुप र कञ्चनलाई विद्यालयले नगत रु २०२२२२ (दुई लाख दूई हजार दुई सय बाइस ) गरी दुबैलाई रु १०११११ (एक लाख एक हजार एक सय एघार ) सहित प्रमाण पत्र प्रदान गरी सम्मान गरेको थियो । एसइईमा सहभागी जम्मा ६४ विद्यार्थीलाई प्रामणपत्र सहित मायाको चिनो दिइ सम्मान गएिको थियो ।

Kamana Sewa

कञ्चन र अनुपले आफु यस विद्यालय विद्यार्थी भएकोमा खुसी व्यक्त गर्नु भयो । दुबैले आफ्ना शिक्षक र शिक्षिकलाई धन्यवाद दिदै सफलता हासिल गर्न आफु भन्दा ठुला र बिशिष्ट ब्यक्तिहरुको सल्लाह सुझाव लिई अघि बढ्न आवश्यक हुन्छ , आगामी दिनमा थप प्रगति गरि देशका निम्ती केही गर्ने अठोट रहेको बताउनुभयो । केही पाउन केही गुमाउन पर्छ भन्दै सानासाना भाई बहिनीलाई राम्रो नतिजा हासिल गर्न भोक निन्द्रा केही नभनी मिहिनेत गर्नु पर्छ भनी सन्देश दिनु भयो ।

Classic Tech Desktop

उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरपालीका वडा नं ३ का अधक्ष्य प्रेम बहादुर कुटु प्रमुख अतिथी रहनु भएको थियो भने अतिथी समाजसेवी कृष्ण हरी आचार्य रहनु भएको थियो । उहाँ दुबैजना यस विद्यालयको वि सं २०४६ अर्थात स्थापनाकालको पहिलो व्याज विद्यार्थी पनि हुनुहुन्थ्यो । यसै कार्यक्रममा उहाँ दुबैलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अतिथी कुटु आफु पढेको विद्यालयको कार्यक्रममा प्रमुख अतिथीका रुप बोल्न पाउँदा सुखी लागेको भन्दै विद्यालयका सम्पुर्ण परिवारलाई धन्यवाद दिदै जनप्रेमी स्कुल सबै तहको शिक्षाको लागी उत्कृष्ट गन्तव्य स्थल रहेको बताउनु भयो । त्यसै गरी विद्यार्थीहरुलाई सस्थापक प्रिन्सीपल रवि प्रसाद आचार्य र रमा आचार्यले सम्मन गर्नुका साथै प्रमूख अतिथी तथा विशिष्ट अतिथीलाई पुराना विद्यार्थी भएकोमा सम्मान पत्र सहित सम्मान गर्नु गर्नु भयो ।

प्रिन्सीपल नीलेश आचार्यले एसइईको नतिजा देशभरकै उत्कृष्ट रहेको बताउनु भयो । आचार्यले भावुक हुदै बिद्यालय परिवार प्रति र बिधार्थीहरु प्रति बिशेष धन्यवाद, शुभकामना र आगामी दिनमा थप प्रगति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यालयले गत बर्षहरुमा पनि यस्तै उत्सुकता पूर्ण नतिजा हासिले गर्दै आएको आचार्यले जानकारी दिनुभयो । जनप्रेमी स्कुलमा प्लास टुमा म्यानेजमेन्ट,कानून र मानविकी विषयहरु पढाई हुदै आईरहेको छ ।

 

 

 

 

प्रतिकृया