‘सुपर ३०’ ट्रेलर रिलिज, ऋतिक रोशनको गज्जबको भुमिका
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार १२:४४
बलिउडका स्टार ऋतिक रोशन फिल्म ’काबिल’ रिलिजको दुई वर्षपछि बक्सअफिसमा धूम मच्चाउनका लागि तयार भएका छन् ।
उनको बहुप्रतिक्षीत फिल्म ‘सुपर ३०’ को ट्रेलर मंगलवार युट्युबमा सार्वजनिक भएको छ । यो फिल्म बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित छ, जसमा आनन्दको भूमिका ऋतिकले निभाएका छन् ।
विकास बहल द्वारा निर्दे्शित यो फिल्म १२ जुलाईमा रिलिज हुँदैछ । ट्रेलर हेर्दा ऋतिकले दुई वर्ष गरेको मिहिनेत स्पष्ट देखिन्छ भने, फिल्मले बक्सअफिस धूम मच्चाउने ट्रेलरबाट अनुमान लगाउन गाह्रो पर्दैन । यसमा मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको पनि अभिनय छ । ‘सुपर ३०’ मा आनन्द कुमारको कडा परिश्रमदेखि उनी सफल हुँदासम्मको संघर्ष देखाइएको छ ।

आनन्द कुमार एक यस्ता व्यक्ति हुन, जसले गरिब र पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए । उनको संस्था सुपर ३० ले रेकर्ड बनाएको थियो । ऋतिक आफ्नो यो फिल्मलाई लिएर निकै उत्साहित छन् । यसमा उनी एक बिहारी पुरुषको भूमिकामा छन् । ट्रेलरमा उनी आफ्नो भूमिकामा फिट देखिएका छन् ।

गएको वर्ष शिक्षक दिवसको अवसरमा यस फिल्मको पहिलो पोस्टर सार्वजनिक भएको थियो र, यो फिल्म गूगलको टप ट्रेन्ड्समा सामेल भएको थियो ।
गूगलले यो उपलब्धिलाई मान्यता दिँदै ‘सुपर ३०’ माथि एक छोटो भिडियो समेत बनाएको थियो, जसमा एक शिक्षक विद्यार्थीहरुलाई पढाइरहेका थिए । यसमा ऋतकि पहिलो पटक एक साधारण व्यक्तिको भूमिकामा देखिँदैछन् ।
यस ट्रेलर ले युटुब्यमा राम्रो प्रतिक्रिया पनि पाइरहेको छ ।




प्रतिकृया